पौडेलको हत्या आरोपमा कांग्रेसका नगर सभापति लामिछाने पक्राउ

स्थानीय नेता रामजी पौडेल बादलको हत्या आरोपमा नेपाली कांग्रेस कांग्रेसका नगर समिति सभापति राजेन्द्रमणि लामिछाने पक्राउ परेका छन् ।
Murder-of-Ramji-Paudel-Badaमृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले लामिछानेलाई पोखराबाट पक्राउ गरेको हो । हत्यामा संलग्न रहेको आरोपमा लेखनाथ १६ तरुण दल संयोजक राजु रानाभाट पक्राउ परिसकेका छन् ।
पार्टीको अन्तरिक विवाद मिलाउन बोलाइएको बैठकमा सहभागी भएर फर्कने क्रममा पौडेलको बिहीबार राति हत्या भएको थियो ।
पार्टीमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षमा रहेका पौडेलको हत्या विश्वास गौतम, प्रकाश गुरुङसहितको समूहले गरेको देउवा पक्षको आरोप छ । पौडेलको शनिबार अन्त्येष्टि गरिएको छ ।
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह लगायतका नेता पोखरा पुगेर पौडेलप्रति श्रद्धान्जली दिएका छन् ।
बरिष्ठ नेता देउवाले पौडेलको हत्या हुनु आफ्ना लागि दाहिने हात भाचिए सरह भएको बताए। इमान्दार र काममा कर्तव्यनिष्ठ कार्यकर्ताको हत्याबाट मर्माहीत भएको उनले बताए।

0 comments

Write Down Your Responses

Powered by Blogger.