तीन दलले गरे सात प्रदेशमा सहमति !! हेर्नुहोस् अब तपाइँ कहाँ पर्नुभयो !!

काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीले सीमांकनसहितको सात प्रदेशमा सहमति गरेका छन् । तर, फोरम लोकतान्त्रिकले भने सहमति नमान्ने घोषणा गरेको छ ।
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तरगतको विशेष समितिको बैठक सात प्रदेशमा सहमति जुटाएका हुन् ।
नयाँ सहमतिमा यसअघिको ६ प्रदेशमा भएको १ देखि ५ प्रदेशलाई कायमै राखिएको छ । तीन नम्बर प्रदेशमा पर्साको ठोरी गाविस थपिएको छ ।
यसअघि ६ प्रदेशमा रहेको छैटौं प्रदेशलाई विभाजन गरेर दुई बटा बनाइएको छ । प्रदेशहरको विस्तृत सीमांकन संघीय आयोगले गर्ने सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए ।
शुक्रबार अपरान्ह ७ प्रदेशमा सहमति भएपछि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले अब संविधान निर्माण प्रक्रिया सुचारु हुने बताए ।
बिजयकुमार गच्छदारले केही असहमति जनाए पनि संविधान निर्माण प्रक्रियामा फरक मत राखेर प्रक्रिया अघि बढ्न दिने डा. भट्टराईले स्पष्ट पारे ।
तर, चार दलीय गठबन्धनका नेता विजयकुमार गच्छदारले भने ८ प्रदेश नबनाएसम्म मुलुकको द्वन्द्व समाधान नहुने बताएका छन् । गच्छदारले कांग्रेस, एमाले र एमाओवादीले पहिचान र सामथ्र्यलाई स्वीकार नगरेको गच्छदारको गुनासो छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.