प्रहरीमाथि आक्रमण गरेपछि घैंटे मारिएको गृहमन्त्रीको दावी

गृहमन्त्री बामदेव गौतमले शान्ति सुरक्षा कायम गर्न अपराध अनुसन्धान तथा फरार अभियुक्तको खोजीमा हिँडेका प्रहरीमाथि आक्रमण गरेपछिको जवाफी कारवाहीमा गुण्डा नाइके कुमार घैंटे मारिएको दावी गरेका छन् ।

व्यवस्थापिका संसदको शुक्रवारको बैठकमा घैंटेको इन्काउन्टरबारे जानकारी दिँदै गौतमले भने, ‘अपराध महाशाखाबाट खटिएको प्रहरी टोली अपराध अनुसन्धान, फरार अभियुक्तको खोजी गर्ने सिलसिलामा कपुरधारा बालकुमारीमा पुगेको थियो । प्रहरीको टोली देख्नासाथ त्यहाँ रहेका केही व्यक्तिले प्रहरीमाथि गोली प्रहार गरे ।’ आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा अन्दाजी वर्ष ४० का कुमार घैंटे भन्ने कुमार श्रेष्ठ, राज महर्जन र सुरेश महर्जन घाइते भएकामा घैंटेको अस्पतालमा मृत्यु भएको गौतमले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.