उपत्यकामा बाँच्न मात्रै महिनाको १७ हजार

 साउन, काठमाडौं । काठमाडौं उपत्यकामा सामान्य जीवनयापन गर्न एक व्यक्तिले वाषिर्क ४१ हजार रुपैयाँ कमाउनैपर्ने देखिएको छ । पाँच सदस्य भएको परिवारको मासिक खर्च भने १७ हजार रुपैयाँ देखिन्छ ।

nepali-note         
केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्नेहरुका लागि गरिबीको रेखा ४० हजार नौ सय ३३ रुपैयाँलाई मानिसएको छ । तथ्यांकअनुसार समान्य जीवनयापन गर्न काठमाडौंमा प्रत्येक दिन एक व्यक्तिको एक सय १२ रुपैयाँ खर्च हुने नयाँ पत्रिकामा खबर छ ।
तथ्यांकअनुसार काठमाडौंमा खाद्य सामग्रीअन्तर्गत एक व्यक्तिले एक वर्षमा १४ हजार ६ सय ९५ रुपैयाँ खर्च गर्छ । यस आधारमा एक व्यक्तिले प्रतिदिन ४०.२६ रुपैयाँ खर्च गर्छ । प्रतिमहिना भने एक हजार दुई सय सात रुपैयाँ खर्च गर्छ ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.