मेस्सी युरोपको उत्कष्ट फुटबलर घोषित

काठमाडौं । बार्सिलोनाका लिओनल मेस्सी युरोपको उत्कष्ट फुटबलर घोषित भएका छन् ।
बिहीबार राति च्याम्पियन्स लिग ड्र सार्वजनिकपछि यूईएफए वेष्ट प्लेयर इन युरोपको विजेता घोषणा भएको हो । जसमा मेस्सीले चिरप्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डो र टीममेट लुइस स्वरेजलाई पछि पार्दै उपाधि जितेका हुन् ।
गत सिजन रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले यो अवार्ड जितेका थिए ।
यसअघि २०१०/११ को पहिलो अवार्ड पनि मेस्सीले नै जितेका थिए । त्यसपछि इनिष्टा र फ्रांक रिबेरीले जिते ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.