आलियालाई पट्याउन के के गर्नु पर्ला त ?

मुम्बई । आलिया भट्टलाई पट्याउने योजनामा कोही छ भने एउटा मौलिक कला सिक्न जरुरी छ । किनकी उनले ‘सेन्स अफ ह्यमर’लाई जिवन साथी छान्ने मापदण्ड बनाएकी छिन् । संसारका जतिसुकै ह्याण्डसम र शक्तिशाली पुरुष भए पनि उनलाई काम लाग्दैन यदी सेन्स अफ ह्युमर छैन भने । उनको भनाई अनुसार उनीसँग बिबाह गर्ने ब्यक्तिले पटक-पटक हासाउनुपर्छ ।
त्यसका लागि सेन्स अफ ह्युमर हुनै पर्छ । आफ्नो सानो वेलाको साथी अनुष्का रञ्जनको पहिलो फिल्म ‘वेडिङ पुलाव’को ट्रेलर लञ्चको अवसरमा उनले भावी श्रीमानको कुरा गरेकी हुन् । अर्को पनि सर्त छ त्यस्ता ब्यक्तिले अहिल्यै उनलाई पट्याउन सक्ने छैनन र १० वर्ष कुर्नुपर्ने हुन्छ । किनकी ३२ वर्ष पुगेपछि मात्रै बिबाह गर्ने योजना छ उनको । ‘मलाई लाग्छ वेडिङ पुलाव’को स्वाद चाख्ने उमेर ३२ वर्ष हो । म त्यही वेलामा बिहे गर्छु ।’ के गर्दा आफु खुसी हुन्छु भन्ने कुरा कहिल्यै नबताउने योजना छ उनको । ‘म कसरि खुसी हुन्छु भन्ने कुरा मैले भन्ने होईन । उ आफैंले जान्ने कुरा हो ।’ उनले भनिन् । २२ वर्षकी यी सुन्दरीले फिल्ममा अझै राम्रो गर्ने सोच राखेकी छिन् । त्यसकारण पनि १० वर्ष बिबाह नगर्ने उनको अडान छ । सिद्धार्थ मल्होत्रासंग हिमचिम बढाएकी आलियाले सिद्धार्थको वारेमा भने कुनै कुरा गरिनन् । सुन्दरी नायिका भनेर चिनिने आलियाका प्राय चलचित्र सफल छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.