तपाइको आजको राशिफल

वि.सं. २०७२ साल भदौ ९ गते। बुधबार। इश्वी सन् २०१५ अगस्ट २६ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँला थ्व। श्रावण शुक्लपक्ष। तिथि– एकादशी, ७:३० बजेउप्रान्त द्वादशी। नक्षत्र– पूर्वाषाढा, १९:३५ बजेउप्रान्त उत्तराषाढा। योग– प्रीति, ५:४५ बजेदेखि आयुष्मान्, २७:४७ बजेउप्रान्त सौभाग्य। करण– भद्रा, ७:३० बजेदेखि वव, १८:५८ बजेउप्रान्त वालव। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– धनु, २५:२७ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ५:४० बजे, सूर्यास्त– १८:३० बजे र दिनमान ३२ घडी ०५ पला। 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसमुदायको हितमा राम्रै काम गर्न सकिनेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसमस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले केही काम बन्नेछन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइ भने बढ्न सक्छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थितिले अरूको हातमा गइसकेको धन फिर्ता दिलाउनेछ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसमयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। संगत र खानपानमा निकै नै सावधान रहनुपर्ने समय छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविभिन्न अवसरले तपाईंलाई पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornअवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesकामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तत्काल ठूलो फाइदा भने उठाउन नसकिएला।

0 comments

Write Down Your Responses

Powered by Blogger.