गौरमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

रौतहटको गौरमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।
निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले मंगलबार दिउँसो गोली चलाएको थियो । गोली लागि मठिया गाविसका २० वर्षीय राजकिशोर ठाकुर गम्भीर घाइते भएका थिए ।
उनको पेटमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् । उपचारका लागि वीरगञ्ज लैजाँदै गरेका उनको बाटैमा मृत्यु भएको रौतहट जिल्ला अस्पतालका डा. कृष्ण साहले जानकारी दिए ।
स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गर्दै ५ जना भन्दा धेरै जम्मा हुन रोक लगाए पनि सय-डेढसय जना आन्दोलनकारी करबिर चोकमा भेला भएर प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारी प्रहरीमाथि ढुंगा प्रहार गर्दै अघि बढ्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अनलाइनखबरलाई जानकारी दिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.