डरलाग्दा आदिवासी, जसले तरबारले दाँत तिर्खाछन्, घरमा मान्छेका खप्पर झुण्डाउँछन्

Jungel1
विश्वमा केही यस्ता आदिवासी समुदाय छन् जसको परम्परा तथा जिवनशैली निकै अनौठो छ । उनीहरुको जिवनशैली देख्दा अरु आधुनिक मानिसहरुको आङै सिरिंग गर्छ ।
हो, इण्डोनेसियाको पश्चिम सुमात्राका टापुहरुमा बस्ने मेन्टावाइ आदिवासीहरु पनि यस्तै अनौठो तथा डरलाग्दो जिवनशैलीले युक्त आदिवासी समुदाय हुन् ।
झण्डै ६४ हजार जनसंख्या रहेको यो आदिवासी समुदाय खासगरी जिउमा बनाउने कलात्मक टाटुका कारण चर्चित छ ।
टाटु मात्र होइन यिनीहरु आफ्नो दाँत तिखार्ने प्रचलनका कारण पनि चर्चित छन् ।
Khapar
अर्धफिरन्ते यी आदिवासी समुदायका युवा युवतीहरुले सिकार खेल्ने तरवारले आफ्ना दाँत तिखार्छन् । यसरी दाँत तिखारेमा अनुहार आकर्षक देखिने र आफुप्रति विपरित लिंगी आकषिर्त हुने मान्यता उनीहरुमा छ ।
यो सिकारी आदिवासी समुदाय बाँस, काठ तथा घाँसले घर बनाउँछन् र बस्छन् । ती घरलाई उमास भनिन्छ । अझ डरलाग्दो त के भने ती झुप्राहरुमा आफुले सिकार गरेका जिवका खप्पर झुण्डाउँछन् । त्यसरी झुण्डाइने खप्पटरहरु कतिपय मानिसका पनि हुन्छन् ।
उनीहरु नरभक्षी नभएपनि जंगलमा कतै मरेको मानिसको कंकाल भेटियो भने त्यसलाई घरमा ल्याउर सजाउँछन् ।
यिनीहरुले ठूला जंगली जिवका साथै जंगलका झुसिलकिरा, किरा फट्यांग्रा तथा लार्भाहरुको समेत सिकार गरेर खाने गर्छन् ।
Jungle2
Jungle3
-डेलीमेलबाट

0 comments

Write Down Your Responses

Powered by Blogger.