रौतहटको रङ्गपुर प्रहरी चौकी तोडफोड

रौतहट । प्रर्दशनकारीहरुले रौतहटको रङ्गपुर प्रहरी चौकी तोडफोड तथा आगजनि गरेका छन । सोमबार राति प्रहरी चौकी भित्र रहेको प्रतिक्षालयमा आन्दोलनकारीले आगजनी गरेका छन भने भवनमा समेत तोडफोड गरेका छन ।
२ सय भन्दा बढिको समुहमा आएका आन्दोलनकारीले चौकीमा ढुङ्गामुडा गर्दै तोडफोड गरेका थिए । प्रहरी नबसेको सो चौकीमा आन्दोलनकारीले घण्टौ सम्म तोडफोड गरेका थिए । सहायक निरिक्षक श्याम तामाङ्गको नेतृत्वमा आठ जना प्रहरी कार्यरत रहेको रङ्गपुर चौकीमा आक्रमणको लागि ठुलो संख्यामा आन्दोलनकारी आएको पूर्वसुचना पाए पछि प्रहरी बाहिरीएका थिए ।
चन्द्रनिगाहपुरबाट १२ किलोमिटर दक्षिण पश्चिममा रहेको सो प्रहरी चौकीमा प्रदर्शनकारीले गोल घरमा आगो लगाएको र तोडफोडका कारण भवनमा समेत क्षति पुगेको ईलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक मनोजकुमार यादवले बताए । दिउसोसमेत प्रर्दशन गरेका आन्दोलनकारीले राति भने प्रहरी चौकी जलाएका हुन ।
यता रौतहटको मध्य बजार गरुडामा सोमबार साँझ ५ बजेदेखि लगाइएको करफयू मंगलबार बिहान ४ बजेबाट हटाइएको छ । सोमवार दिउसो भएको गरुडामा भएको झडपमा सुरक्षाकर्मीले चलाएको रबर बुलेटको छर्रा लागेर ६ जना घाइते भएका थिए । घाइते मध्ये स्थानीय दीलिप जयसवाललाई थप उपचारका लागी राति नै नारायणी उपक्षेत्रिय अस्पताल वीरगंज लगिएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.