राजाको कुकुरलाई गालि गर्दा भयो जेलको बास !

मानिसलाई गालीगलौज गर्दा तथा अपमान र निन्दा गर्दा गालीबेइज्जती मुद्दामा जेल चलान हुने गरेको त हाम्रो देशमा पनि सुनिएकै हो । तर थाइल्याण्डमा भने कुकुरलाई अपमान गर्दा समेत जेलको हावा खानु पर्दोरहेछ ।
हुनत, चानचुने कुकुर कहाँ पो हो र ? त्यहाँका राजाको कुकुरलाई तथानाम भनेपछि आखिर सजायँको भागी त हुनै पर्यो कानून बमोजिम ।
एक युवक हालै थाइ नरेश भूमिबल अदुल्यादेजको कुकुरलाई निन्दा गरेको आरोपमा पक्राउ परेका छन् ।
थाइल्याण्डको राजकीय निन्दा सम्बन्धी कानून निकै कठोर छ । त्यसैले राजाको कुकुरलाई अपमान गर्दा समेत २७ वर्षका थनाकोर्न सिरीपाइबूनमाथि कडा जेल सजाय हुने भएको छ ।
थनाकोर्नले हालै फेसबुकमा राजाको कुकुरका विषयमा व्यंग्यात्मक टिप्पणी गरेका थिए ।उनले फेसबुकमा पोष्ट गरेका ३ वटा तस्वीरहरुमा राजाको कुकुरमाथि पनि व्यंग गरिएको थियो ।
त्यस लगत्तै उनलाई प्रहरीले पक्रियो । राजा तथा उनको कुकुरका विषयमा व्यंग्यात्मक तस्वीर शेयर गरेको, त्यसमा लाइक गरेको तथा बढिरहेको भ्रष्टाचारका विषयमा समेत एक इन्फोग्राफ फेसबुकमा शेयर गरेको आधारमा उनीमाथि राजद्रोह, राज निन्दा तथा कम्प्युटर अपराधको अभियोग दर्ता गरिएको छ । यो अभियोग प्रमाणित भएमा उनीमाथि ३७ वर्षसम्मको जेल सजाय हुनसक्छ ।
थाइल्याण्डमा ८८ वर्षीय राजा भूमिबोल, रानी तथा राजपरिवार, राजप्रशासन राजप्रतिनिधिका अपमान गर्नेलाई १५ वर्षसम्मको जेल सजाय हुने कानूनी प्रावधान छ । यी युवकमाथि भने कुल ३ वटा अभियोगमा ३७ वर्षको जेल सजाय हुने खतरा छ ।

source:onlinekhabar 

0 comments

Write Down Your Responses

Powered by Blogger.