अब यस्तो हुने भो वरीयता क्रम, को कुन स्थानमा (सूचीसहित)





काठमाडौं, पुस ५
सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन।

गृह मन्त्रालयले नयाँ वरीयता क्रमको मस्यौदा तयार भइसकेको जनाउँदै अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्ने जानकारी दिएको छ।

गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले वरीयता क्रमको मस्यौदा तयार भएको बताए। ‘प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसद समेटेर वरीयता क्रम तोकिएका छन् ।

मस्यौदा अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ, त्यसपछि कार्यान्वयनको चरणमा आउला,’ उनले भने। वरीयता क्रमको सबैभन्दा माथिल्लो सूचीमा प्रदेश प्रमुखलाई राखिएको छ ।

प्रदेश प्रमुख संघीय संसद्को सभामुखसरह रहनेछन्। समग्र सूचीमा संघीय संसद्का सभामुख वरीयता क्रमको पाँचौँ स्थानमा रहन्छन्।

प्रदेशमा वरीयता क्रमको दोस्रो सूचीमा मुख्यमन्त्री राखिएका छन् । मुख्यमन्त्री केन्द्रको उपप्रधानमन्त्रीसरह रहनेछन् । समग्र सूचीमा उपप्रधानमन्त्रीको वरीयता छैटौँ स्थानमा छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.