कांग्रेसमा अन्तर्घातको किचलो सकिएपछि मात्रै समानुपातिक नाम

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले संविधानसभा निर्वाचनमा भएको अन्तर्घातको प्रारम्भिक प्रतिवेदन आएपछि मात्रै समानुपातितर्फ अन्तिम सूची बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको संसदीय समितिको बैठकले ‘पार्टी अनुशासन समितिको प्रारम्भिक प्रतिवेदनपछि मात्र उम्मेद्वारको अन्तिम सूची छनोट गर्ने’ निर्णय गरेको हो ।

congress-flagसमानुपातिक प्रणालीबाट निर्वाचित गर्ने उम्मेद्वार छनोटको आधार तयार गर्न बैठक बसे पनि बन्द सूचीमा सहभागी नेताका विषयमा पार्टीमा उजुरी परेकाले छनोट कार्य तत्कालका लागि स्थगित गरिएको हो । समानुपातिक उम्मेद्वारहरु आफ्नो पार्टीका उम्मेद्वार हराउन सक्रिय रहेको उजुरी परेको उजनाउँदै संसदीय समितिले आइतबारै अनुशासन समितिसँग विस्तृत विवरणसहितको प्रतिवेदन मागेको थियो ।
तर, केन्द्रीय सदस्य आमोद उपाध्यायको संयोजकत्वमा रहेको अनुशासन समिितले उजुरी हेर्न समय लागेको जनाउँदै एक दिनमै विवरण उपलब्ध गराउन नसकिने जनाएपछि संसदीय समितिले सभासदका लागि सिफारिस गर्ने प्रक्रिया नै रोकेको नागरिक दैनिकमा खबरछ । संसदीय समितिले अनुशासन समितिलाई ताकेता गरेर भए पनि प्रतिवेदन माग्ने भएकोछ । प्रतिवेदन नआउँदासम्म प्रक्रिया नै स्थगित गरेर अनुशासन समितिलाई ‘दबाब’ दिएको हो ।
अनुशासन समितिले भने जिल्लाबाट आएका उजुरी केलाउन थालेको छ । अनुशासन समितिको बैठक मंगलबार १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने तय गरिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.