न्याय माग्दा बलात्कार पीडितलाई ५ वर्ष जेल


२५ मंसिर, काठमाडौं । बलात्कारसम्वन्धी एक मुद्दामा प्रहरीलाई जाहेरी दिने पीडिच महिलाका बाबुलाई उल्टै जेल सजाय सुनाइएको छ । रसुवा जिल्ला अदालतका न्यायाधीश चित्रदेव जोशीको इजलासले बदनीयतपूर्वक प्रहरीमा जाहेरी दिएको भन्दै पीडितका बाबुलाई ५ वर्ष जेल सजाय सुनाएका हुन् । अभियुक्तले भने सफाइ पाएका छन् । सस्त मनस्थितिकी छोरीलाई नुवाकोट मवकामनाका महेन्द्र तामाङ र रसुवा लहरे पौवाका किशोरकुमार थापाले जबजस्ती करणी गरेको भन्दै पीडितका बाबु रामबहादुर तामाङ (परिर्वतित नाम) ले रसुवाको डाँडागाउँ चौकीमा उजुरी दिएका थिए । सरकार वकिलले सामाजिक प्रतिष्ठा ध्यानमा राखेर अभियोगपत्रमा जाहेरी वाला बाबु र पीडिचको नाम गोप्य राखेको अन्नपूर्ण दैनिकमा समाचार छापिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.