१० कक्षा पढ्दा–पढ्दै सेक्स अनुभव लिएँ



Uma-BebiUma-Bebi-1पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा निर्मात्रीका रूपमा चिनिने उमा बेबी कलाकारिताको सफलतामा मोडलिङको महत्वपूर्ण भूमिका हुने बताउँछिन् । भारतको सिक्किममा सन् १९८४ मा जन्मिएकी उमा १४ वर्षको उमेर देखिकै मोडलिङमा लागेकी थिइन् । उनले सन् १९९७ देखि मोडलिङ सुरुवात गरेकी थिइन् ।
सिक्किममा कल्चरल डान्सबाट आफूले मोडलिङमा पाइला राखेको अभिनेत्री उमा बेबीले बताइन् । सिक्किममा आफूले एल्बमको म्युजिक भिडियो हँदै, विभिन्न विज्ञापनमा मोडलिङ गरेको बताइन् । सिक्किममै बसेर उमाले करिब २ दर्जन म्युजिक भिडियो पनि गरेको बताइन्् । उनले भनिन्, ‘मोडलिङ गर्दागर्दै सिक्किममै आफूले धेरै चलचित्रहरुमा अभिनय पनि गरेकी थिएँ । सायद मोडलिङबाट नआएको भए चलचित्रमा सफलता पाउन सक्दिनँ थिएँ होला ।’
नेपाली चलचित्र क्षेत्रमा आफूलाई वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले ल्याएको बताइन् । मोडलिङमै सक्रिय हुँदाहुँदै आफूलाई नेपाली चलचित्र क्षेत्रमा भित्र्याएको अभिनेत्री तथा निर्मात्री उमाले बताइन् । चलचित्र ‘लहना’को अडिसनमा आफू जाँदा निर्देशक तुलसी घिमिरेसंग भेट भएको उमाले बताइन् । अडिसनमा जाँदा सानै उमेर भएकाले तुलसी घिमिरेले फोन नम्बर लगेर करिब ५–६ वर्षपछि फोन गरेर नेपाली मोडलिङ क्षेत्रमा भित्र्याएको बताइन् । नेपालमा आएर पहिलो चोटी आफूले निर्देशक तुलसीसँग टेलिसिरियल झझल्को गरेको बताइन् । सो टेलिसिरियलमा आफू नै मूख्य पात्र भएको पनि उमाले बताइन् । नेपाली चलचित्रमा चाहिँ अभिनेत्री उमाले निर्देशक तुलसीकै चलचित्र जुनेलीबाट डेब्यु गरेकी थिइन् ।
नेपाली चलचित्र क्षेत्रका मनपर्ने कलाकारमा अभिनेत्री करिष्मा मानन्धर र अभिनेतामा भुपेन चन्द रहेको बताइन् । भनिन्, ‘करिष्मा दिदीको अभिनय हेरेर म आफूलाई पनि केही नयाँ गर्ने कोशिस गरेरहेकी छु । र, भुपेनको कलाकारिता धेरै राम्रो छ । उहाँबाट पनि मैले धरै कुरा सिकेकी छु,’ अभिनेत्री उमाले बताइन् ।
सौर्यसँगको कुराकानीकै क्रममा फरक प्रसंगको कुराको क्रममा प्रेमका बारेमा अभिनेत्री उमाले केही भावुक भएर बताइन् । संसार प्रेमविना अधुरो रहेको बताउँदै अभिनेत्री उमा बेबीले प्रेम नै जीवन रहेको प्रस्ट्याइन् । सेक्सको बारेमा धारणा पोख्दै उनले उमेर पुग्ने बित्तिकै सेक्स गर्न नमिल्ने बताइन् । १६–१७ वर्ष पुगेपछि उमेर पुग्यो भनेर विवाहबन्धन नजोडी सेक्स गर्न नमिल्ने धारणा अभिनेत्री बेबीले राखिन् । भनिन्, ‘मैले १० कक्षा पढ्दापढ्दै विवाह गरेँ । विवाह गर्नुभन्दा अगाडि मैले कुनै पनि पुरुषसँग सेक्ससम्बन्ध राखिन । विवाहपछि त राख्न परिहाल्यो नि † र, समाजलाई पनि सो सम्बन्ध स्वीकार्य हुन्छ ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.