प्रेममा त्यो पनि चाहिन्छ


सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल कबिसा श्रेष्ठ पूर्ण रूपले मोड्लिङ गर्न थालेको २ वर्ष मात्र भयो । ०४७ सालमा दोलखामा जन्मिएकी कबिसाले स्कुल अध्ययनदेखि नै विभिन्न सिरियलहरूमा अभिनय गर्न थालेकी थिइन् ।
एनटिभी प्लसबाट प्रसारण हुने ‘अच्चम्मै भयो’बाट अभिनय यात्रा सुरु गरेको मोडल कबिसाले बताइन् । स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य
पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन् । टेलिसिरियलहरूमा अभिनय गर्दागर्दै म्युजिक भिडियोमा अभिनय गरेको कबिसाले बताइन् । अहिलेसम्म दुई वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी पनि उनले बताइन् । गायक श्याम मैनालीको ‘सम्झनाले यसरी सतायो…’ बोलको गीतमा पहिलोपटक अभिनय गरेको म्युजिक भिडियो थियो, उनको । कबिसाले केही समयअगाडि चलचित्र ‘कुख्यात’ र ‘छल’मा अभिनय गरेकी थिइन् । अहिले छायांकन भइरहेको चलचित्र ‘आर्टिस्ट’मा व्यस्त रहेको उनले बताइन् ।
अभिनेत्रीका रूपमा समेत आफूलाई चिनाउन प्रयत्नरत कबिसाको मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ । मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने कबिसाको धारणा छ ।
एक फरक प्रसंगमा, अहिलेसम्म प्रेम चक्करमा नपरेको बताउँदै अभिनेत्री तथा मोडल कबिसाले भनिन्, ‘अहिले म आफ्नो करियर नै महत्वपूर्ण ठान्छु ।’ उनको बुझाइमा सेक्स चाहिँ मायाको प्रतिक हो । उनले भनिन्, ‘सेक्स प्राकृतिक कुरा हो, सबै सजीव प्राणीलाई सेक्स आवश्यक छ भने मलाई पनि आवश्यक नहुने कुरै भएन ।’ तर, अहिलेसम्म आफूले चाहिँ यो आवश्यकता पूरा नगरेको बताइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.