६ बर्षिय बालकको ‘किस’ले यौन उत्पीडनको बहस

अमेरिकाको एक स्कूलमा ६ वर्षको केटाले सँगै पढ्ने केटीसाथीको हातमा किस गरेपछि निलम्बनमा परे । उनको निलम्बन हालै फुकुवा त भयो तर, यो घटनालाई यौन उत्पीडन मान्न मिल्छ कि मिल्दैन भनेर बहस सुरु भएको छ ।

समाचारमा जनाइएअनुसार कोलोराडोको क्यानन सिटीस्थित लिंकन स्कूलमा यो घटना भएको थियो । स्कूलमा अध्ययनरत ६ वर्षीय केटोले आफ्नो कक्षामा पढ्ने केटीको हातमा किस गरे । घटना लगतै स्कुलका प्रबन्धकले उनलाई निलम्बन गरे । अहिले उनको निलम्बन फुकुवा मात्र भएको छैन, स्कुलले उनीमाथिको अभियोगमा प्रयोग गरेको ‘यौन उत्पीडन’ शब्दलाई पनि हटाएको छ ।
अहिले स्कूलले ती बिद्यार्थीमाथि ‘दूब्र्यबहार’ गरेको अभियोग लगाएको छ । दुबै विद्यार्थीको अविभावकसँगको छलफलपछि स्कुल प्रशासनले यो कदम चालेको बताइएको छ ।
बालकले सोध्यो– सेक्स भनेको के हो मम्मी ?
६ बर्षिय बालककी आमाले भने बालकमाथि अनाबश्यक अभियोग लगाएको भन्दै चिन्ता जनाएकी छिन् । ६ बर्षिय बालकमा सेक्सुअल भावना नआउने भन्दै उनले सामान्य कुरालाई यौन उत्पीडन भन्नु गलत रहेको जिकिर गरिन् । अबोध बालकले आफुमाथि लागेको आरोपबारे थाहै नभएको भन्दै उनी भन्छिन–‘अहिले छोराले सेक्स भनेको को मम्मी भनेर सोध्छ, म के जवाफ दिउँ ?’
केटीकी आमाले भने आफ्नो छोरीलाई पटक–पटकको प्रताडनाबाट बचाउन स्कुल प्रवन्धकले ठूलो कदम चालेको बताएकी छन् । ‘त्यो केटाले मेरी छोरीलाई पटक–पटक किस गरेर हैरान पारेको थियो, अति भएपछि स्कूलले ठूलो कदम चालेको हो’ स्थानीय पत्रिकालाई केटीकी आमाले भनिन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.