मालपोत कर्मचारीसहित १२ विरुद्द अख्तियारको मुद्दा


११ पुस, काठमाडौं । मकवानपुरको भिमफेदी गाविसका तिर्थलाल बज्राचार्यको जग्गा नक्कली कागजात बनाएर अर्कैलाई पास गरिदिएको अभियोगमा मालपोत कार्यालय मकवानपुरका ५ जना कर्मचारीसहित १२ जनाविरुद्द अख्तियार दुरुपयोग अनुसान्धान आयोगले विहिबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । ०५२ सालमा मृत्यु भइसकेका तिर्थलाल बज्राचार्यको भमफेदी–२ मा पर्ने कि.नं. ३९, ९३ र सोही वडाको ५ कि.नं. १६१ समेत ३ कित्ता जग्गा किर्ते प्रमाणपत्र बनाई नक्कली व्यक्ति खडा गरी नक्कली नागरिकताको प्रमाण समेत बनाई रजिष्ट्रेशन गराएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार मुद्दा दायर गरेको हो । करिब ५० लाख रुपैयाँ पर्ने जग्गा किर्ते गरेर अर्कैको नाममा पास गरिदिएको अभियोगमा मालपोत कार्यालय मकवानपुरका कर्मचारीहरु रामकृष्ण श्रेष्ठ, शिवराज पौडेल, रामहरी ढकाल, विष्णु अधिकारी, श्याम पोखरेल र तत्कालीन भीमफेदी गाविसका सचिव तिर्थलाल घिसिङ्गलाई भ्रष्टाचारविरुद्द अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरुविरुद्द भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ९ र ११ वमोजिम् सजाय माग दावी गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ । त्यसैगरी सोही केशमा संलग्न स्थानीइ कुमार श्रेष्ठ, लिलाबहादुर श्रेष्ठ, राजेन्द्र ढकाल, दिवाकर अर्याल, शेखर घिमिरे, पर्वत वर्तौलाविरुद्द पनि सोही ऐनको दफा ८(४) बमोजिम सजाय माग गर्दै अख्तियारले विशेष अदालत मुद्दा दायर गरेको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.