धाँधली आरोपमा अदालतले माधव नेपाललाई बोलायो

२४ मंसिर, काठमाडौं । संविधानसभा अदालतले निर्वाचनमा धाँधली गरेको भन्दै परेको उजुरीमा एमाले नेता माधवकुमार नेपाललाई १० दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

रौतहट १ बाट विजयी नेपालले धाँधली गरेको भन्दै फोरम लोकतान्त्रिकका अजय गुप्ताले उजुरी दिनु भएको थियो । उजुरीमाथि प्रारम्भीक सुनुवाई गर्दै अदालतका अध्यक्ष न्यायाधीश कल्याण श्रेष्ठ तथा सदस्यहरु न्यायाधीश गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले नेपालसहितका विपक्षीलाई अदालतमा उपस्थित हुन भनेको हो ।
स्थानीय प्रहरी प्रशासनले धाँधली गर्दै मतपेटिका फेरबदल गरेर नेपाललाई जिताएको भन्दै गुप्ताले उजुरीमा पुनः निर्वाचनको माग गर्नु भएको छ । रौतहट १ मा नेपालले ८ हजार ३ सय ६१ मत पाउनु भएको थियो भने गुप्ताले ८ हजार २३ मत पाउनु भएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.