सहमति गर्न प्रमुख तीन दल छलफल गर्दै


काठमाडौं । सहमति कायम गर्न कांग्रेस, एमाले तथा एमाओवादी छलफलमा जुटेका छन् । आजपनि छलफल गरी एमाओवादीलाई सहमतिमा ल्याउन प्रयास गरिने कांग्रेस एमालेका नेताहरुले बताएका छन् । मंगलबार बिहान बबरमहलस्थित शान्तिकोषमा हुने छलफलमा एमाओवादीलाई पनि सहमतिमा ल्याउने विषयमा छलफल हुनेछ । पहिलो संविधानसभा पनि सहमति कायम गर्नका लागिभएको दौड धुप मै वितेको र यसपटक भने यो गल्ति नदोहोर्‍याउने भन्दै नेताहरुले चाँडै सहमति गरी सहमतिय सरकार निर्माण गर्ने र संविधान लेखनको कार्यलाई अगाडि बढाउने बताएका छन् । यता एमाओवादीसहित १६ दलको मोर्चाले भने आफ्ना मागका बारेमा सम्बोधन नभएसम्म संविधानसभाको बैठक नै सञ्चालन हुन नदिने बताएका छन् । छलफलमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको सहभागिता रहनेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.