क्याम्पस पढ्दै बेरोजगार पाइटल


२५ मंसिर, काठमाडौं । दक्षिण अफि्रकाको फ्ाइट टे्रनिङ सर्भिसेजबाट ५५ लाख खर्चेर पाइलट कोर्स पढेका दाङका लेखनाथ पोख्रेल अहिले त्रिचन्द्र क्याम्पसमा बीएसी पढ्दैछन् । तेस्रो वर्षको कक्षा लिइरहेका लेखनाथले सन् २०११ अपि्रलका पइलट कोष सिध्याएका हुन् । अफि्रकाको अकाशमा उड्दै गर्दा उनले नेपाल फर्केर त्यसैगरी सानसँग उड्ने सपना सजाएका थिए । तर, नेपाल झरेको अर्को दिनदेखि उनको सपना क्रमशः मुर्झाउन थाल्यो । ‘५-६ महिना चारैतिर भौतारिए’, मंसिरको चिसोमा घाम ताप्दै उनी निराश भावमा गफिए, ‘कतै केही लागेन । कति एयरलाइन्स बन्द भए, कति विदेश फर्किए । म जहाँको तहीँ रहेँ ।’ व्यावसायिक उडान सर्टिफिकेटको म्याद २ वर्षमात्र हुने भएकाले त्यो अवधिसम्म जहाज उडान नपाए पठाइ खेर जान्छ । ‘कमसेकम बीएसी पढेंँ भने अरु काम त पाइएला’ उनले सुनाए, ‘अरुभन्दा पनि त्यत्रो ५५ लाख खेर गएको चिन्ताले मन बटारिन्छ ।’ सानैदेखि पाइलट बनेर आकाशमा उड्ने रहर पाल्नु नै जीवनको खराव सपना भएको भन्दै उनी अहिले थक्थकाउँने गरेको कारोबार दैनिकमा खबर छ । जागिरका लागि उनले करिब आधा दर्जनभन्दा धेरै एयरलाइन्स कम्पनीमा आफ्नौ व्यक्तिगत विगरण छोडेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.