ताइवानमा नेपाल रोड, ठ्याक्कै बौद्धनाथ जस्तो


२६ मंसिर, काठमाडौं । अबको केही वर्षमा ताइवानको ताइनाम सहरमा ठ्याक्कै बौद्धनाथ फेला पार्नुभयो भने अनौठो हुने छैन् । ताइनाम सहरमा केही समय ढुंगा चढेपछि एउटा भूमि आइपुग्ने छ, जहाँ ‘नेपाल रोड’ नामक रिङरोड हुनेछ । त्यहीभित्र नेपाली पाराका पुराना घरहरु र स-साना पसलहरु पनि भेटिनेछन्, जस्तो अहिले बौद्धनाथ स्तुपाको वरिपरि देख्न सकिन्छ । तिनै घरहरुको घनावस्तीबीच उभिएको हुनेछ, ठ्याक्कै बौद्धनाथ स्तूपा । उही आकार, प्रकार र कलाकौशलमा हुने यो स्तूपा नेपालकै बौद्धनाथको ‘रिप्लिका’ बनाउन थालिएको हो । ताइवानस्थित कदम्पा धर्म सेन्टरले मंगलबार यससम्बन्धी गुरुयोजना घोषणा गरेको कान्तिपुर दैनिकमा खबर छ । राजधानीको बौद्धनाथ परिसरमा आयोजित विश्व शान्ति पूजाका अवसरमा कदम्पा धर्म सेन्टरबाट आएका डेभिड चाङको टोलीले बौद्धनाथ स्तूपाको रिप्लिका निर्माण घोषणा गरेको हो । हाल मंगोलियाको राजधानीमा यस्तै रिप्लिका बन्दै गरेको भए पनि १६ रोपनीमा फैलिने ठ्याक्कै बौद्धनाथ बराबरको भने यो पहिलो स्तूपा हुनेछ । उक्त क्षेत्रमा रोप्नका लागि लुम्बिनीबाट ल्याएका बोधी वृक्षा पनि पुजा कै अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले चाङलाई हस्तान्तरण गरे । मुलुकको पर्यटन विकासमा यस्ता कार्यले सहयोग पुर्‍याउने भन्दै मन्त्री श्रेष्ठले भने ‘दुई देशीय सांस्कृतिक र धार्मिक सम्बन्धमा पनि यो कोसेढुंगा हुनेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.