महिलाले मागे ६ महिने सुत्केरी बिदा

२६ मंसिर, काठमाडौं । त्रिवि शिक्षण अस्पतल महाराजगञ्जकी बालरोग विशेषज्ञ डा मेरिना श्रेष्ठको टोलीले नवजात शिशुलाई जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्रै खुवाउनुपर्ने सामाजिक सन्देश फैलाउँदै हिँडेको वर्षौ भयो । तर, सोही अस्पतालमा कार्यरत कतिपय महिला कर्मचारी तथा नर्सले भने उनको सन्देश चाहेर पनि कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।
sutkeriस्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले नवजात शिशुलाई जन्मेको ६ महिनासम्म ‘एक्सक्लुसिभ ब्रेस्टफिडिङ’ अर्थात आमाको दूधमात्रै खुवाउनुपर्छ भनेर पर्चा पम्प्लेट प्रकाशन गर्न थालेको पनि बर्षौ भयो तर, आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीले सुत्केरी हुँदा के गरेको होलान भनेर सोच्न सकेको छैन् ।
विश्व स्तनपान लागत परियोजनाको प्रतिवेदन सार्वजनिक गर्न मंगलबार आयोजित कार्यक्रममा डा. श्रेष्ठले सुत्केरी हुँदा प्रदान गरिने दुईमहिने बिदाले आफूहरुको सन्देश कार्यान्वयन हुन नसक्ने बताएको नयाँ पत्रिकामा खबर छ ।
‘हाम्रो सन्देश गाउँका होस् या सहरका, कर्मचारी हुन् या सर्वसाधारण सबै महिलाले कार्यान्वयन गर्नैपर्ने सन्देश हो । तर, सन्देशप्रदायक संस्थाकै कर्मचारीले बिदा अभावकै कारण सन्देश कार्यान्वयन गर्न अप्ठेरो भएको छ,’ उनले भनिन् ।
‘शिशुलाई ६ महिला दूधमात्रै खुवाउ भन्ने सरकारले सुत्केरीलाई दुई महिनामै अफिस बोलाई पूरा समय कामका लगाउन कति जायज हुन्छ ?’ उनले प्रतिप्रश्न गरिन् । विश्व स्वास्थ्य संगठनको आह्वानअनुसार गर्भवस्थादेखि दुई वर्षको अवधि (सुनौलो एक हजार दिन) कार्यक्रम कार्यन्वयन गर्न पनि सरकारले महिला कर्मचारीलाई उपलब्ध गराउने सुत्केरी बिदा बाधक हुने डा. श्रेष्ठले बताईन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.