एमालेले समानुपातिक सभासद छान्ने जिम्मा स्थायी कमिटीलाई दियो

काठमाडौँ- नेकपा एमालेले संविधानसभा निर्वाचनमा भएको अन्तरघातको प्रतिवेदन बुझाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले समग्र निर्वाचनको समिक्षा गर्दै एक महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । केन्द्रीय कमिटी बैठकमा नेताहरुले निर्वाचनमा अन्तघात भएको भन्दै कारवाही गर्न माग गरेका थिए । बैठकले मापदण्डलाई अन्तिम रुप दिँदै सभासद छान्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । ‘केन्द्रीय कमिटीमा आएको सुझावहरुका आधारमा मापदण्ड बनाएर सभासद छनोट गर्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ’ बैकल्पिक पोलिटब्यूरो सदस्य ठाकुर गैरेले अनलाइनखबरसँग भन्नुभयो । प्रत्यक्षमा ९१ सिट जितेको एमालेले समानुपातिक निर्वाचन प्रणालीमा ८४ सिट पाएको छ । बैठकमा नेताहरुले जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नु पर्नेमा जोड दिएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.