के छापियो बिहीबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० मंसिर २७ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले एमाओवादीलाई कांग्रेस र एमालेले निर्वाचन छानविन आयोग गठन गर्न असम्भव भएको जवाफ दिएको खबरलाई मुख्य रुपमा छापेका छन् ।
नयाँ पत्रिकाले राजनीतिक समिति विभाजित भएको खबरलाई मुख्य बनाएको छ भने राजधानी दैनिकले रेम्मीले सर्वोच्च अदालतको नेतृत्व गर्न नम्लिने नेपाल बारले निष्कर्ष निकालेको खबरलाई मुख्य बनाएको छ ।
रात्रि बसका दुई जना चालक नराखेको विषयमा सर्वोच्चले यातायात मन्त्रालय र व्यवसायीलाई जवाफ मागेको खबर कान्तिपुरले मुख्य रुपमा छापेको छ भने अन्नपूर्ण पोस्टले निर्वाचनको बारेमा छानविन गर्न कांग्रेस एमाले सहमत भएको खबरलाई मुख्य बनाएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.