रेष्टुँरामा लोकप्रिय बन्न थाल्यो मुसाको कवाब
डा.
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कैलालीमा मुसाको चटनी खाएको विषयले
निकै चर्चा पाएको थियो । थारु समुदायमा मुसाको चटनीसहितका परिकार बन्नु
नौलो होइन । तर, तपाईले कहिल्यै मुसोका कबाबको स्वाद चाख्नु भउको छ ? यदि
तपाई यो अनौठो स्वाद चाख्न चाहनुहुन्छ भने भियतनाम भ्रमणमा जानुस् ।
राजधानी हनोर्डको बाहिरी इलाका डान
फुआगस्थित रेष्टुँरामा मुसाको व्यञ्जन पाइन्छ । मुसाको मासु यो क्षेत्रको
लोकप्रिय परिकार हो । यो देशका विभिन्न स्थानमा फैलने क्रम पनि छ । यसअघि
उत्तरी रातो नदी र मेकाङ्ग नदी किनारमा बस्ने मानिसहरुले मात्र मुसाको मासु
खाने गरेका थिए ।
यस वर्ष जब खेतमा धान काट्न थालियो ।
किसानहरु मुसा मार्न पनि व्यस्त रहे । ताकि त्यसलाई बजारमा लगेर केही
आम्दानी गर्न सकियोस् । समाचारहरुमा जनाइएअनुसार एक किलो मुसाको मासुको
मुल्य एक लाख डांग अर्थात ४/५ डलर छ ।
0 comments
Write Down Your Responses