सौभाग्य ग्याँसद्धारा नक्कली प्रमाणपत्र बनाएर ठगी


काठमाडौं २२ मंसिर । नवलपरासीमा रहेको सौभाग्य एण्ड पेट्रोल ग्याँस प्रा.लि.ले शेयरकारुपमा लगानी गरेको रकम ठगी गरेको छ ।अध्यक्ष अन्नपुर्ण तिमल्सिना र संस्थापक सदस्यहरुको मिलेमतोमा पृथ्वीविलास कोईरालालगायतका व्यक्तिले लगानी गरेको २ करोड १४ लाख रुपैयाँ ठगी गरेको पीडितहरुले दाबी गरेका छन् । शनिबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी पीडीतहरुले यस्तो दाबी गरेका हुन् । नवलपरासीको प्रगतिनगर ७ मा रहेको सौभाग्य पेट्रोल एण्ड ग्यास प्रा.लि.मा २०६८ पुसमाा साझेदारीमा कम्पनी संचालन गर्ने सहमति गरी शेयरबापत २ करोड १४ लाख रुपैयाँ लगानी गरे पनि कम्पनी ऐन अनुसार पाउनुपर्ने शेयरधनी प्रमाणपत्र र अन्य सेयर लागत अभिलेख नक्कली बनाई आफूमाथि ठगी गरेको कोइरालाले दाबी गर्नुभयो । जिल्ला प्रशासन कार्यालय नबलपरासीमा कम्पनीको दर्ता भएको हो । कम्पनीको दर्ता नम्बर ६२५८३ हो । ‘कप्पनीका अध्यक्ष अन्नपुर्ण र उनका श्रीमान अनिलकुमार तिमल्सिनामार्फत शेयर वापत दुई करोड चौध लाख रुपैयाँ लगानी गरेको थिएँ ।’ आफूलाई दिइएको नक्कली प्रमाणपत्र देखाउँदै उहाँले भन्नुभयो –‘तर उक्त ग्याँस कम्पनीका अध्यक्षलगायत कम्पनीका संस्थापक काठमाडौ निवासी राधिका पन्त घिमिरे, ललितपुरका विजयकुमार झाले नक्कली शेयरधनी प्रमाण पत्र दिएर ठगी गरियो ।’ आफ्नो र छिमेकीको घरजग्गा धितोमा राखेर लगानी गरेको कोइरालाले बताउनुभयो । सौभाग्य एण्ड पेट्रोल ग्यासँ प्रा.लि.ले मुख्य कारोबार राजधानीमा रहेको एस डेभलप्मेन्ट बैंकमा रहेको छ । उक्त ठगी प्रकरणमा एस डेभलपमेन्ट बैंकको समेत उत्तिकै भुमिका रहेको कोइरालाको दाबी छ । ‘ग्याँस कप्पनी लिलाममा निकालेको तर लिलामको प्रक्रिया पुरा नगरी बिक्री ग¥यो ।’ कोइरालाले भन्नुभयो –‘यसले मलाई संकटमा पारेको छ, दोशीलाई कारबाही गरी मेरो लगानी असूल उपर गराइदिन सरकारलाई आग्रह गर्दछु ।’ प्रक्रिया नपु¥याई लिलामी गर्न एस डेभलपमेन्टका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डे, हाल कार्यरत सिइओ सुयोग श्रेष्ठ र प्रबन्धक शिवजी पाण्डेको मुख्य भूमिका कोइरालाले दाबी गर्नुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.