क्रिकेटर अविनाश कर्ण गृहनगर वीरगञ्जमा सम्मानित


२५ मंसिर, वीरगञ्ज । नेपाललाई ट्वान्टी-२० विश्वकपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अविनाश कर्णलाई मंगलबार गृहनगर वीरगञ्जमा सम्मान गरिएको छ । घण्टाघर चोकमा आयोजित कार्यक्रममा वीरगन्ज युवा समाजले सम्मान गरेको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले कर्णलाई ढाका टोपी लगाउदिनुका साथै दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । प्रजिअ बजिमयले अविशनाश आफनो बुबाआमाको मात्र नभइ पर्सा जिल्ला कै सुपुत्र भएको भन्दै पर्सा र वीरगन्जको नाम वीश्वभर नै चिनाएका उनी राष्ट्रकै गहना भएको बताउनुभयो । कार्यक्रममा नागरिक समाजका अगुवा एंव वीरगञ्ज पब्लिक कलेजका निर्देशक डाक्टर दिपक शाक्यले अविनाशको मास्टर डिग्रीसम्मका अध्ययनका सम्पूर्ण खर्च वीरगञ्ज पब्लीक कलेजले बेहोर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सम्मानित क्रिकेटर अविनाश कर्णर्ले विश्वमा नेपाललाई चिनाउन आफु र आफनो टिमले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले वीरगञ्जका उधोगी व्यवसायी तथा विभिन्न संघ संस्थाले खेलकुद क्षेेत्रलाई सहयोग गरिदिए वीरगञ्ज क्षेत्र नम्बर २ का क्रिकेट खेलाडीहरुलाई अझै बल पुग्ने बताउनुभयो । कार्यक्रममा सन २०१२ मा यू-१९ वल्र्डकपमा खेलेका वीरगन्जकै क्रिकेट खेलाडी हासिम अंसारीलाई समेत सम्मान गरिएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.