बैद्यद्वारा फुजेल हत्याकाण्डमा पौडेल पक्राउको विरोध


२५ मंसिर, काठमाडौं । नेकपा-माओवादीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा परशुराम पौडेललाई पक्राउ गरेको विरोध गरेको छ । माओवादी अध्यक्ष मोहन बैद्यले वृहत शान्ति सम्झौता विपरीत द्वन्द्वकालीन मुद्दालाई पुनरावृत्ति गर्दै पौडेललाई पक्राउ गरेको भन्दै विरोध गर्नु भएको हो । बैद्यद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ-’मुद्दालाई खारेज गरिनुको सट्टा उल्टो पुनरावृत्ति गरेर जसरी गिरफ्तार गरिएको छ, त्यसको हाम्रो पार्टी घोर विरोध एवं भत्र्सना गर्दछ र गिरफ्तार गरिएका परशुराम पौडेललाई अविलम्ब रिहाई गर्न जोडदार माग गर्दछ ।’ पौडेल आफ्नो कार्यकर्ता भएको भन्दै एमाओवादी र बैद्य माओवादी दुबैले पक्राउको विरोध गरेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.