‘हे भगवान, मलाई मित्रहरुबाट बचाऊ’ : डा बाबुराम भट्टराई

काठमाडौं । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफूलाई मित्रहरुबाटै बचाउन आग्रह गर्नुभएको छ । ’हे भगवान, मलाई मेरा मित्रहरुबाट बचाऊ, मेरा दुश्मनहरुको सामना गर्न म आफैं सक्षम छु ।’ फ्रान्सेली दार्शनिक भोल्तेयरको भनाइ सापट लिँदै डा. भट्टराईले आफ्नो फेसबुकमा आफूमाथि आफ्नै त्रिहरुबाट प्रहार भएको गुनासो गर्नुभएको हो ।
भट्टराईले व्यीक्तको नाम नतोकी आफ्ना मित्रहरुका बारेमा आफ्नो फेसबुक स्टाटसमा यस्तो लेख्नुभएको छ- ‘ चोरको खुट्टा काट्’ भन्दा चोरले नै खुट्टा थुते झैं मैले समकालीन विश्वको सबभन्दा महत्वपूर्ण वैचारिक-राजनीतिक प्रश्न लोकतन्त्रको युग सुहाउँदो नयाँ मोडेलबारे चलाउन चाहेको सार्वजनिक वहसबारे धेरैले अत्यन्तै सकारात्मक धारणा राखे पनि केही वाम वृत्तभित्रकै महानुभावहरुले भने सैद्धान्तिक वहसको प्रक्रियामाथि नै वन्देज लगाउने ध्रिष्टता गरेको देख्दा कम्युनिष्ट आन्दोलन अन्तरराष्ट्रिय रुपमा किन रक्षात्मक बन्न पुगेको रहेछ भन्ने बुझ्न थप मद्दत पुगेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.