ऋतिक रोसनको डिभोर्स


बलिउड नायक ऋतिक रोशनले पत्नी सुजैनसँगको आफ्नो १३ बर्ष लामो बैबाहिक जीवनको अन्त्य गरेका छन् । उनीहरुको डिभोर्सबारे केही महिनादेखि चलेका अनुमानलाई पुष्टी गर्दै ऋतिकले शुक्रबार भनेका छन-’सुजैनले मबाट अलग हुने निर्णय लिएकी छिन्, यो हाम्रो परिवारका लागि सवैभन्दा कठिन समय हो ।’ उनीहरुको बिबाह सन् २००० मा भएपनि चार बर्षदेखि प्रेममा थिए । उनीहरुका दुई छोरा छन् । ऋतिकले आफ्नो गोपनियताको हकको ख्याल गरिदिन पनि मिडियालाई आग्रह गरेका छन् । पछिल्लोपटक ऋतिकको बर्थ डे पार्टीमा पत्नीको अनुपस्थीतिपछि उनीहरुको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो । पत्नी सुजैन केही महिना पहिले नै ऋतिकको घर छाडेर बेग्लै बस्दै आएकी थिइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.