पूर्व युवराज पारसलाई पैसाको अभाव

मंसिर, काठमाडौं । पूर्वयुवराज पारस शाह अहिले थाइल्याण्डको सुधारगृहमा छन् । सुधारकेन्द्रले पारसको जन्मदिनकै दिन १५ पुसमा उपचार सकेर छुटकारा दिँदैछ । हृदयघातको उपचारपछि सुधारकेन्द्रमा पठाइएका पारस उपचार सकिनुअघि नै खर्च अभावमा समस्यामा परेका छन् ।

थाइल्याण्डको च्यान्चाईस्थित सुधारकेन्द्रमा रहेका पूर्वयुवराज पारस पूर्ण स्वस्थ भएर १५ पुसमा छुट्ने निश्चित भए पनि उनलाई त्यतिबेलासम्मको खर्च सुधारकेन्द्रलाई तिर्न समस्या भएको हो । सुधारकेन्द्रले पारससँग प्रतिमहिना डेढलाख भाट अर्थात झन्डै साढे चारलाख रुपैयाँ शुल्क लिने गरेको छ । शुल्क लिएपछि केन्द्रले सबै उपचार गर्ने गरेको नयाँ पत्रिकामा खबर छ ।
छोरो पारसको उपचारका लागि विभिन्न माध्यमबाट बाबु पूर्वराजा ज्ञानेन्द्र शाहले मासिक पैसा पठाउने गरेका थिए । उनले धीरेन्द्रकी छोरी सीताष्मामार्फत पारसलाई पैसा पठाउने गरेका थिए । सुधारकेन्द्रका लागि मात्र पठाएको पैसाले पारसलाई व्यक्तिगत खर्चर् नपुगेर सीताष्माले पनि छुट्टै रकम पठाउने गरेको स्रोतले बताएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.