राष्ट्रपतिको निर्वाचन गर्नुपर्छ- नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुनुपर्ने बताएका छन् ।

पार्टी प्यालेसहरुको छाता सङ्गठन एभेन्टस् एन्ड भेन्यु एसोसिएसन नेपालको तेस्रो वाषिर्कोत्सवको शनिबार उद्घाटन गर्दै नेता नेपालले भने-’संविधानसभा निर्वाचनपछि राष्ट्रपतिको निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिको निर्वाचन हुनुपर्छ ।’

उनले राष्ट्रपतिको निर्वाचनको पक्षमा आफूहरु भएपनि दलहरुबीच सहमति गरेर नै यस विषयलाई टुङ्ग्ाो लगाउने तयारी गरिरहेको बताए ।

नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानसभाको पहिलो बैठक राष्ट्रपति वा प्रधानमन्त्री कसले बोलाउने भन्ने विषयलाई दलहरुबीच सहमति गरेर जानुपर्नेमा अदालत पुर्‍याउनु दुर्भाग्यपूर्ण भएको बताए । निर्वाचनपछि पनि मुलुकमा अन्यौलता देखापरेकाले जनतामा आशङ्का उत्पन्न भएको भन्दै उनले छिटो बैठक बोलाएर संविधान लेखनमा लाग्नु पर्ने बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.