चर्को लोडसेडिङले आगलागी बढ्यो

काठमाडौं । राजधानीमा बढेको लोडसेडिङसँगै दैनिकजसो आगलागीका घटना बढ्न थालेका छन् । बत्ती जाने र आउने समय ख्यालै नगरी विद्युत्तीय सामग्री चलाएर बन्द नगर्दा आगलागीका घटना बढ्न थालेका हुन् ।
लोडसेडिङकै कारण यो महिनामात्र १० वटा आगलागीका घटना भएकाछ छन् । विशेषगरी कार्यालय र व्यवसाय सञ्चालन गर्नेले सामग्री खुलै राखेर बन्द गर्न विर्संदा अधिकांश घटना भएको पाइएको छ ।
काठमाडौं महानगरपालिका जुद्दबारुण यन्त्र कार्यालय प्रमुख किशोरकुमार भट्टराईले असावधानीका कारण घटना बढेको बताए । ‘एक महिनामा भएका १० वटा घटनामा झण्डै २ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट द्धभएको छ ।’ भट्टराईले भने ।
पुस २२ गते एकै दिन तीन स्थानमा आगलागी हुादा एक करोड रुपैयाँ बराबरको क्षति भएको सो कार्यालयले जनाएको छ ।
स्थानीय प्रहरीले आगलागी हुन नदिन सावधानी अपनाउन जानकारी गराउादा बेवास्ता गरेका काराण आगलागी भएको प्रहरीको ठम्याइ छ । काठमाडौं परिसर प्रमुख सुबोध घिमिरेले जनतालाई लोडसेडिङको समयमा कसरी सुरिक्षत गर्ने विषयमा नेपाल विद्युत्त प्राधिकरणले जनचेतना जगाउनुपर्ने बताउनुभएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.