सुराकीको कमिसन प्रहरीले बाँडेर खाएको खुलासा

काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक हस्तक्षेप र भ्रष्टाचारमुक्त बनाउने तथा खराब आचरण भएका प्रहरीलाई दण्डित गर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला सुन तस्करीको सुराकीलाई दिनुपर्ने कमिश प्रहरी हाकिमले बाँडिचुाडी खाएको खुलेको छ ।
गैरकानुनी गतिविधि रोकी समाजमा शान्ति सुरक्षा बहाली गर्न सुराकीले खेलेको भूमिकाको कदर गर्दै प्रदान गर्ने कमिसन प्रहरी अधिकृतले नै बाँडेर खाएको खुलेपछि प्रहरीको बदनाम भएको छ ।
गत भदौमा बौद्दमा बरामद गरिएको १६ किलो सुनको सुराकीले पाउने कमिसन ९० लाखमध्ये २० लाख रुपैयाँ मात्र दिएर बाँकी रकम प्रहरी र राजस्व हाकिमको मिलेमतोमा बाँडेर खाएको रहस्य सार्वजनिक भएको हो ।
स्रोतका अनुसार तत्कालीन अवस्थामा हनुमान ढोका परिसरका तत्कालीनप्रमुखले १५ लाख राजस्व अनुसन्धान विभागका हाकिमलाई छिटो काम गरेबाप दिएको तथा १४ लाख रुपैयाँ प्रहरीको माथिल्लो हाकिमलाई सेटिङ मिलाएबापत दिनुपरेको भन्दै सुराकीलाई दिएको २० लाख घटाएर बाँकी रहेको ४१ लाख रुपैयाँ मात्र परिसरका घुमुवा प्रहरीलाई बाँडिएको खबर आजको नेपाल समाचारपत्रमा इश्वरराज ढकालले लेखेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.