सुनले बने महिलाका भित्री वस्त्र, हेर्न चाहिँ पाइने, छुन नपाइने
सुनको
भाउ दिनदिनै बढेको बढ्यै छ । तर, यति महंगो सुनको शौख भने पटक्कै घटेको
छैन् । यो पहेँलो धातु अक्सर सुन्दरताका लागि प्रयोग गरिन्छ र देखाउने गरि
नै लगाइन्छ । तर, आजकल यसको प्रयोग महिलाको ब्रा र पेन्टीमा पनि हुन थालेको
छ ।
एक चिनियाँ डिजाइनरले हालै सुनै सुनले
बनेको महिलाका अण्डरवेयर बनाएकी छिन् । हुवाईमा यो सातामात्रै एक मोडलले
सुनको टु पीस लगाएर आफुलाई प्रर्दशनीमा राखिन् । दिनभरजसो त्यहाँ पुगेका
चिनियाँहरुले आश्चर्य मान्दै ती युवतीलाई हेरे र आफ्नो मोबाइलमा तस्वीर
खिचे ।
सुनको ब्रा र अन्डरवयर लगाएर सार्वजनिक
गर्ने भाग्यमानी मोडलको नाम भने सार्वजनिक गरिएको छैन । उनीसँगै अन्य दुई
मोडलले अन्य गहनाको डिजाइन सार्वजनिक गरेका थिए ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|
झण्डै तीन किलो सुनबाट बनेका यी एक जोडी
भित्री वस्त्र ५ जना कालिगढलाई करिव ६ महिना समय लागेको छ । यसको मूख्य
करिव ५ लाख पाउन्ड पर्ने बताइएको छ ।
हुबेई प्रान्तको बुहान शहरको एक गहना
पसलले बनाएको यो सुनको वस्त्र विक्रीका लागि भने बनाइएको होइन । जसले गर्दा
हैसियत हुने धनाढ्यहरुले आफ्नी प्रेमिकाहरुलाई सुनको भित्री वस्त्र उपहार
दिन सक्ने छैनन् ।–एजेन्सीको सहयोगमा
0 comments
Write Down Your Responses