यी हुन संसारकै अग्लो तिघ्रा भएकी केटी
आजकल
प्रतियोगिताहरुमा पनि यति धेरै सिर्जनशीलता हुन थाल्यो कि, त्यो कल्पनाको
सीमाभन्दा पनि बाहिर जान थालिसक्यो । हुँदाहुँदा रसियामा कुन केटीका तिघ्रा
अग्ला छन भन्ने प्रतियोगिता भएको छ ।
मिस लंगेस्ट लेग्स कम्पिटिसन अर्थात
सबैभन्दा लामो खुट्टा भएकाहरुको प्रतियोगिता १८ वर्षीया कानुनकी
बिद्यार्थीले जतेकी छिन् । १०६ सेन्टिमिटर लामो खुट्टा भएकी अनास्तासिया
स्टे्रशेवस्कायाले यो उपाधि जितेकी हुन् । इन्टरनेटमा भएको भेटिङमा
साइबेरियाको नोवोसिबिस्कमा बस्ने उनले सबैभन्दा धेरै भोट पाएकी थिइन् ।
१७९ सेन्टिमिटर अग्ली यिनको तौल ५२ किलो छ
भने खुट्टाको लम्बई १०६ सेन्टिमिटर छ । ५२ प्रतिस्पर्धीलाई पछि पार्दै
उनले उपाधिसँगै १ हजार ६ सय पाउन्ड जितेकी छिन् । अग्लो तिघ्रा भएकी केटीको
प्रतिस्पर्धा जितेपछि आफ्नो कानुनी करियरलाई परिवर्तन गर्ने पक्षमा नरहेको
उनले बताइन् ।
0 comments
Write Down Your Responses