प्रचण्डले आफ्नो गल्ती सच्याएनन् : बाबुराम

काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष प्रचण्डले आफ्नो गल्ती नसच्याएको बताउनु भएको छ ।

समानुपातिक सभासद छनोटलाई लिएर भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशले दुई बुँदे असहमति राख्दै प्रचण्डलाई निर्णय सच्याउन अल्टिमेटम दिनु भएको थियो ।
‘प्रचण्डले आफ्नो गल्ती सच्याउनु भएन, यसले हामीलाई गम्भीर बनाएको छ’ आफ्नो अल्टिमेटमलाई प्रचण्डलेे बेवास्ता गरेपछि भट्टराईले भन्नु भएको छ-’अध्यक्षले खबर गर्नुहुन्छ भनेर पर्खिएर बस्यौं तर, बोलाउनु भएन । यसबाट हामी असाध्यै गम्भीर र दुःखी भएको छौं ।’
आफूहरुले व्यक्तिको नभई पद्धति, प्रणाली र केन्द्रीय समितिले तय गरेको मापदण्डको कुरा उठाएको भन्दै उहाँले आफ्नो कुरा अब बस्ने केन्द्रीय समितिको बैठकमा राख्ने समेत बताउनु भएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.