वालिङमा चल्न थाल्यो नगरबस

स्याङ्जा– स्याङ्जाको व्यापारिक केन्द्र वालिङ र आसपास गाविसका लक्षित गरी मंगलबारदेखि नगरबस सञ्चालनमा आएको छ। वालिङ हुवास यातायात व्यवसायी समिति, आँधीखोला यातायात व्यवसायी समिति र रामबाच्छा यातायात व्यवयायी समितिको संयुक्त पहलमा जिल्लामै पहिलोपटक नगरबस सुरु गरिएको हो।

गाउँगाउँबाट बस चल्न थालेपछि किनमेल गर्न झर्दा तथा ग्रामीण भेगमा उत्पादन भएका कृषिजन्य वस्तु बजारमा पुर्‍याउन सहज हुने स्थानीयले बताए। पहिलो चरणमा ६ वटा साना तथा मझौला बसबाट सेवा सुरु गरिएको छ। माग बढ्दै गए, बसहरू थपिने र नगर तथा छिमेकी गाविसका ग्रामीण भेगमा पुर्‍याउने सञ्चालकहरूले बताए।

नगरबस वालिङबाट बयरघारी, जगतभन्ज्याङ, बायटारी, बायखोला—पानीट्यांकी, तल्लो वालिङ, खहरेलगायत ठाउँमा पुग्ने वालिङ हुवास यातायात समितिका अध्यक्ष प्रवीण गुरुङले जनाए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.