विश्वभर ‘धुम ३’ ले कमायो ५ सय करोड

यशराज ब्यानरले आफ्नो नयाँ सिनेमा ‘धुम ३’ ले विश्वव्यापी रुपमा ५ सय करोड ग्रस कलेक्शन गरेको दाबी गरेको छ । भारतमा ३५१ र ओभरसिजमा १५० करोडको व्यापार गर्दै धुमले ५ सय करोडको क्लबमा आफूलाई स्थापित गरेको हो ।
प्रदर्शनमा आएको ३ दिनमै १ सय करोड क्लबमा समावेश भएर तहल्का मच्चाएको यो सिनेमाले आजसम्म भारतमा करिब २ सय ७० करोडको नेट कलेक्शन गरेको छ । यो साहरुख खानको गतबर्ष प्रदर्शनमा आएको चलचित्र ‘चेन्नई एक्सप्रेस’को भन्दा करिब ४४ करोड माथि हो ।
आजसम्म कुनै पनि बलिउड सिनेमाले विश्वव्यापी रुपमा ५ सय करोड कमाएको थिएन । आमिर खान, कट्रिना कैफ, अभिषेक बच्चन अभिनित यो सिनेमालाई यशराज ब्यानरले विश्वव्यापी ब्लकबस्टर भनेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.