कट्रिना पश्चात नार्गिसको विकिनी मस्ती सार्वजनिक

बलिउडमा केही समय अघि मात्र नायिका कट्रिना कैफ र नायक रणवीर कपुर बिचको हट तस्बिर सार्वजनिक भएपछि तहल्का नै मच्चिएको थियो । स्पेनमा बिदा मनाउने क्रममा यो जोडी खुबै मस्ती गर्दै गरेको अवस्थामा पापाराजीहरुको शिकार भएको थियो ।
कट्रिनाले विकिनी मात्र लगाएको फोटो सार्वजनिक भएपछि उनलाई २ महिना मिडिया भन्दा टाढा बस्नु परेको थियो । तर यो घटना सेलाउन नपाउँदै बलिउड नायिका नार्गिस फाक्रीको यस्तै तस्बिर सार्वजनिक भएको छ । नयाँ बर्षमा बिदा मनाउने क्रममा उनी उदय चोपडासँग मस्ती गर्दै थिइन् ।
उसो त उदय र नार्गिसले सम्बन्धको बिषयमा मुख खोलेका छैनन् । तर यो फोटो सार्वजनिक भएसँगै यो जोडीले के जवाफ दिने हो, यो भने रोचक नै हुनेछ । उनीहरु माल्दिभ्समा बिदा मनाउन गएको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.