मैदान फर्किए लगतै मेस्सीको दुई गोल

झण्डै दुई महिनामा  मैदान फर्किएका लिओनल मेस्सीले पहिलो खेलमै दुई गोल गरेका छन् । कोपा डेल रे कप फुटबलमा गेटाफेविरुद्ध बार्सिलोनालाई ४–० को जित दिलाउने क्रममा मेस्सीले तीनमिनेटभित्र दुई गोल गरेका हुन् ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा नै सेस फेब्रिगासको गोलबाट अग्रता लिएको थियो । खेलको ६३ औं मिनेटमा फेब्रिगासले नै पेनाल्टी गोलमार्फत अग्रता दोब्बर पारे ।

खेलको ६४ औं मिनेटमा इनिष्टाको स्थानमा मैदान प्रवेश गरेका मेस्सीले ९० औं मिनेटमा गोल गरे । खेलको अन्तिम मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ४–० को जित निकाल्न सफल भयो ।

खेलपछि मेस्सीले आफू शारीरिक रुपमा बलियो भएको भन्दै हरेक खेलाडीले सँधै खेल्न चाहने बताए । भविश्यबारे सोधिएको प्रश्नमा उनले भनेका छन्–मेरो सपना भनेको खेल जीवन यहाँ (बार्सिलोना) मै अन्त्य गर्नु हो ।’

,

0 comments

Write Down Your Responses

Powered by Blogger.