कार्यालयमा नाङ्गै भेटिएपछि महिला न्यायाधीशको जागिर चट्


कार्यालयमा नाङ्गै भेटिएपछि वोस्निया एण्ड हर्जगोविनाको सर्वोच्च अदालतका महिला न्यायाधीशको जागिर चट भएको छ । स्थानीय मिडियाले न्यायाधीश कार्यालयमा नाङ्गै ब्यायाम गरिरहेको समाचार तस्विरसहित छापेको थियो । समाचारमा जनाइएअनुसार विहान करिव ८ बजेतिर नङ्गो अवस्थामा रहेकी ती महिला न्यायाधीश कार्यालयको टेबलमा ब्यायाम गरिरहेका थिइन् । सडक पारी अर्को भवनमा रहेका काउन्सिल अफिसका कार्यचारीले उनको तस्वीर कैद गरेका थिए । उनको यो तस्वीर स्थानीय मिडियामा छापिएको छ । तर, नाम भने गोप्य राखिएको छ । घटना लगतै अदालतको अनुशासन समितिले वरिष्ठ न्यायाधीश पदमा रहेकी ती महिलालाई निष्कासन गर्ने निर्णय गरेको छ । समितिले भनेको छ-’वरिष्ठ न्यायाधीशको यो व्यवहार स्वीकार्य छैन । यसले अदालतको छवि बिगार्‍यो ।’ कारवाहीमा परेकी महिला न्यायाधीशले भने उक्त समयमा आसपासका कार्यालयमा कोही छैन भन्ने लागेको र कोठाको ढोका लक गरेर मात्रै आफु नाङ्गिएको भन्दै आफ्नो बचाउ गरेकी छिन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.