यौनसम्बन्ध राख्न नदिएको झोँकमा तीनजनाको हत्या

संखुवासभा । जिल्लाको पाथीभरा गाविस-१ मा यौनसम्बन्ध राख्न नदिएको झोँकमा १६ वर्षीय एक किशोरले तीनजना छिमेकीको हत्या गरेको खुलासा भएको छ ।

यौनसम्बन्ध राख्न नदिएको झोँकमा १६ वर्षीय निमातेम्बा शेर्पाले २ नाबालकसहित तीनजना छिमेकीको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । शेर्पाले गत माघ १६ गते राति ३३ वर्षीया कालीमाया शेर्पा, उनकी ११ वर्षीया भदैनी निकिपा शेर्पा र ५ वर्षीया छोरी निमल्छनु शेर्पाको खुकुरीले काटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्याका आरोपी शेर्पालाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गर्दै प्रहरी नायव उपरीक्षक पवन गिरीले तीनैजनाको हत्या शेर्पा एक्लैले गरेको स्विकारेको बताए ।
हत्यापछि पक्राउ निमातेम्बाले माघ १६ गते राति १२ बजे मदिरा माग्न कालीमायाको घरमा गएको अवस्थामा यौनसम्बन्ध राख्न खोज्दा नमानेपछि खुकुरीले प्रहार गरी हत्या गरेको बयान प्रहरीमा दिएका छन् ।
यौनजन्य तथा झैझगडामा यसअघि प्रहरीमा उजुरी पर्दा गाउँमै मिलापत्र गरेर उन्मुक्ति पाएका शेर्पाले कालीमायाले प्रहरी बोलाउने धम्की दिएपछि हत्या गरेको बताए । ‘शुरुमा कालीमायाको हत्या गरंे, त्यसपछि दुई बालिका निकिपा र निमल्छनु रुँदै भाग्न खोजेपछि उनीहरुको पनि हत्या गरेको हुँ ।’ शेर्पाले भनेका छन् ।
हत्यापछि गाउँलेले थाहा नपाउने गरी ढोकामा बाहिरबाट ताला लगाएर गाउँमै बसेको उनले प्रहरीलाई बयान दिएका छन् । हप्तादिनसम्म घरको ताला नखुलेपछि स्थानीयले माघ २३ गते घरमा पसेर हेर्दा स्थानीयले तीनैजनालाई मृत अवस्थामा भेटेका थिए । प्रहरीले घटनास्थलबाट खुकुरी र सुनका गहना बरामद गरेको प्रनाउ गिरीले बताए ।
मृतकका पति एक बर्ष अघि मलेसियामा रोजगारी गर्न गएका छन् । घरमा तीनजना मात्र बस्दै आएका थिए । ४ छोरीकी आमा कालीका २ छोरी मोरङमा पढ्दैछन् भने अर्की छोरी सदरमुकाम खाँदबारीमा बसरे पढिरहेकी छन् ।
प्रहरी निरीक्षक यमनाथ अधिकारी र विनोद निरौलाको विशेष टोलीले निमातेम्बालाई पक्राउ गरेका थिए । शेर्पाविरुद्द कर्तव्य ज्यान सम्वन्धी मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.