डनलाई छुटाउन प्रधानमन्त्री कार्यालयबाट फोन !

काठमाडौ। अघिल्लो सरकारकै पालामा पक्राउ परेका डनलाई छुटाउन नयाँ प्रधानमन्त्रीको कार्यालयबाट फोन जान थालेको छ। काठमाडौं प्रहरीले थालेको गुण्ड अप्रेसनका क्रममा प्रकाउ परेका बलराम सापकोटा 'बले' र तेजेन्द्र गुरुङ लगायतलाई छुटाउन प्रधानमन्त्रीकै पिएले प्रहरीलाई फोन गरेका छन् ।स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाका पिए लक्ष्मण ढकालले बलेलाई छुटाउन प्रहरी नेतृत्वलाई दबाब दिएका छन्। प्रहरी नेतृत्वले काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई बलेलाई छाड्न प्रधानमन्त्री कार्यलयबाटै फोन आएको जानकारी गराएको छ। तर, खरेलले त्यस्तो दबाब नसुन्ने जवाफ दिइसकेका छन् । कांग्रेसका सभासद तीर्थ लामा भने बलेलाई छुटाउन हनुमानढोका नै पुगेका थिए। 'मलाई चुनावमा सहयोग गरेको मान्छे हो, छुटाइदिनु पर्यो दाई' भन्दै उनी हनुमानढोका नै पुगेर दबाबदिएको काठमाडौ परिसरका एक उच्च अधिकारीले बताए।

सभासद लामा र बले काभ्रेका हुन तर खरेलले बलेले गलत व्यक्ति भएकाले छाड्न नसक्ने भन्दै सभासद लामाको आग्रहलाई अस्विकार गरिदिएको स्रोत बताउँछ ।त्यस्तै महराजगञ्ज क्षेत्रका व्यवसायीलाई धम्क्याएर असुली गर्दै आएका तेजेन्द्र गुरुङ्गलाइ छुटाउन कांग्रेस तथा एमालेका प्रभावशाली नेताले दबाब दिएका छन्।
कांग्रेसका नेताहरु प्रकाशमान सिंह र जगदिश्वरनर्सिङ केसीले दैनिकजसो प्रहरी अधिकारीलाई फोन गरेर दबबा दिने गरेको स्रोत बताउँछ। बले र तेजेन्द्र दुबै विरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाएको छ । जिल्ला प्रशासन कार्यालयमा छिट्टो अनुसन्धान प्रतिवेदन बुझाएर छुटाउन नेताहरुले दबाब दिएका छन्।
एसएसपी खरेलले केहि व्यक्तिलाई छुटाउन केही व्यक्तिको दबाब आएको स्विकारे तर कसकसले दबाब दिए भन्ने विषयमा भने बोल्न चाहेनन्।

नयाँ पत्रिका बाट
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.