भारतमा चुनाव हारेका व्यक्ति नेपालमा सभासद्

११ फागुन, काठमाडौं । भारतको नगरपरिषद् चुनाव हारेका केदारनन्दन चौधरी नेपालको सभासद् बनेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीले चौधरीलाई समानुपातिकबाट दोस्रो संविधानसभामा सभासद् बनाएको हो ।

सन् २००४ मा भारतमा भएको स्थानीय चुनावमा चौधरीले गाजियवाद जिल्लाको खोना मकानपुर नगरपरिषद् चुनावमा उम्मेद्वारी दिएका थिए । चुनावमा उनी पराजित भएका थिए । भारतको नगरपरिषद्मा उम्मेद्वारी दिएको १० वर्षपछि चौधरी एकैचेाटी नेपालको व्यवस्थापिका संसदमा भित्रिएका छन् ।
सन् २००८ मा गरिएको दोस्रो स्थानीय चुनावमा केदारनन्दनकी कान्छी श्रीमती मीरा चौधरीले सोही नगरपरिषद्मा महिला कोटाबाट उम्मेद्वारी दिएर जितेकी थिइन । सभासद् चौधरीको घर अहिले पनि खोना मकानपुर नगरपरिषद्को खाहारा कोलनीमा रहेको स्रोतले बताएको छ । चौधरी श्रीमती मीरा अहिले पनि उतै बस्दै आएको नयाँ पत्रिकामा खबर छ । गाजियावाद भारतको राजधानी नयाँदिल्ली निजकै पर्छ ।
कसरी बने सभासद्
तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई चुनावमा सघाएकाले चौधरीलाई सभासद् बनाइएको पार्टीका अन्य नेताहरुले आरोप लगाएका छन् । चौधरीसँग अहिलेपनि भारतको रासन कार्ड छ, त्यस्तो कार्ड हुनेले नेपालको नागरिकता लिन पाउँदैन, तर उनले कसरी दोहोरो नागरिकता लिए भन्ने छानबिन गर्न तमलोपाका नेताहरुले माग गरेका छन् ।
भारतमा रासनकार्डका लागि त्यहाँको बासिन्दा भएको प्रमाण पेस गर्नुपर्छ । यसका लागि स्थानीय निकायले सिफारिस गर्नुपर्ने हुन्छ । दैनिक उपभोग्य सामानहरु सहुलियत मूल्यमा खरिद गर्न प्रयोग हुने रासन कार्ड निकै महत्वपूर्ण कागजात हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.