बिहे गर्ने उमेर घर्क्यो ? ख्याल राख्नुहोस् पछुताउनु पर्ला !!

परम्परा देखि चल्दै आएको कुरा हो विवाह ।  विवाह पनि कहिले र कुन समयमा गर्दा उचित हुन्छ भनेर ज्योतिषलाई हेराउने चलन त छदैं छ  तर अब विज्ञानले पनि यसमा चासो लिन थालेको छ।   विवाह चाडो गर्दा के के फाईदा र ढिलो गर्दा के बेफाइदा हुन्छ भन्ने बारेमा एक खोज गरिएको छ।

 पुरुषहरुको लागि गरिएको यो खोजमा ढिलो अर्थात पाको उमेरमा बिहे गर्दा हुने अनेकौ बेफाईदाको बारेमा चर्चा गरिएको छ।  यो अनुसन्धान यूनिभर्सिटि अप अक्सफोड भन्ने विश्वबिध्यालयमा गरिएको हो ।

यो खोज ढिलो उमेरमा विवाह गर्ने र बच्चाको प्लानिङको लागि ढिलो गर्ने पुरुषहरुका लाचि चिन्ताको बिषय बन्न सक्छ।

खोककर्ताहरुका अनुसार ढिलो बिहे गर्ने पुरुषहरुमा वीर्यको गुण घट्दै जान्छ र उनीहरुबाट जन्मने बच्चामा अटिजम , शिज्नोफ्रीनिया जस्ता मानसिक रोगहरु देखिन सक्ने सम्भावना बढि मात्रामा हुन्छ।

खोजकर्ताहरुका  अनुसार उमेर अनुसार वीर्यको गुणमा हुने परिवर्तनका कारण टेस्टिकलको नसाहरु पनि विभाजन हुन्छन् त्यस्ले गर्दा प्रजनन क्षमतामा पनि प्रत्यक्ष असर पर्दछ।

सोधमा २० बर्षको उमेरको वीर्य र ४० बर्ष उमेरका पुरुषको वीर्यमा ब्यापक अन्तर पर्ने कुरा पत्ता लागेको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.