आमाको बोटो पछ्याउँदै करिष्माकी छोरी (भिडियोसहित)

अमेरिका, फागुन ११– नेपाली म्यूजिक भिडियोको संसारमा हालसालै एउटा नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक हुनेबित्तिकै चर्चित हुन पुगेको छ उक्त म्यूजिक भिडियो । किनभने नेपाली सिनेमाकी लोकप्रिय नायिका करिष्मा मानन्धरकी छोरी कविता मानन्धर उक्त भिडियोकी मोडल हुन् । कवितासँगै भिडियोमा साकार थापा खेलेका छन् । दुवैको यो पहिलो भिडियो हो । एएन्ए फेशन एक्स्ट्राभगेन्जा २०१३ का विजेता साकार र कविताको यो पहिलो प्रयास भएपनि दुवैको अभिनय प्रशंसनीय छ । यसको अर्को राम्रो पक्ष भनेको छायांकन र सम्पादन पनि हो । यसको निर्देशन सुषमा बोगटीले गरेकी छिन्, जो सन् २०१२ मा मिस एएन्ए भएकी थिइन् । प्रस्तुत भिडियो नयाँ भएपनि एल्बम भने आठ वर्ष पुरानो हो । सरोज दत्तको आवाज र सुगम पोखरेलको संगीत रहेको यस गीतको रचना स्व. जी. एम. प्रधानले गरेका हुन् । यो गीत ‘सपनीहरुमा’ शीर्षकको एल्बमबाट लिइएको हो । निश्चित रुपमा श्रोताहरुले सुगमको संगीतलाई सरोजले न्याय गरेको पाउनेछन् । यस भिडियोका सिनेमाटोग्राफर निकेश श्रेष्ठ, कला निर्देशन अर्जुन के.सी., प्रोजेक्ट म्यानेजर बिराज श्रेष्ठ, स्टायलिस्ट सुखी सुवाल भने भिडियोको वितरक तुलसी इन्टरटेनमेन्ट एवं उत्पादक अ फ्याक्टरी कान्तिपुर स्टुडियो हो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.