खरेलसँग फोटो खिचाउने हिम्मत गर्ने ‘फ्याउरे गुण्डा’ ‘बाघे’ नियन्त्रणमा

काठमाण्डौं, ११ फागुन । ‘सर, रानीवनको ‘बाघे’ यही हो ।’ नजिकै आएर प्रहरी जवानले कार्यक्रम आयोजकलाई देखाउँदै सूचना दिएपछि एसएसपी रमेश खरेल एकैछिन अलमलमा परे, के हो बाघे भनेको रु उनले जवानलाई प्रश्न गरे, ‘सर गुण्डा बाघे यही हो ।’
स्वयम्भु ठूलो भर्‍यास्थित नामयालचोकमा सामुदायिक प्रहरी र सामुदायिक सेवा केन्द्रद्धारा शनिबार बिहान आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख खरेल र गुन्डागर्दीमा संलग्न रानीवनका बाघे लामा एउटै मञ्चमा थिए ।
अन्तरक्रिया कार्यक्रममा खरेल प्रमुख अतिथि थिए भने बाघे आयोजक । आफूसँगै मञ्चमा बसिरहेका बाघे चिनाइदिएपछि खरेल झस्किए तर कुनै प्रतिक्रिया जनाएनन् । तर कार्यक्रम सम्पन्न हुने बित्तिकै खरेलले बाघेलाई पक्राउ गरी हनुमानढोका पुर्‍याउन निर्देशन दिए । गुण्डागर्दी, दलाली र घुसघोरीजन्य अपराधविरुद्ध सशक्त अभियान चलाइरहेका काठमाडौं प्रहरी परिसर प्रमुख खरेलले ‘कुख्यात गुण्डा’ बाघेको पक्राउ पनि सोही अभियान अन्तर्गत सर्वसाधारणको शान्तिसुरक्षाका लागि भएको प्रतिक्रिया दिएका छन ।
रानीवन, स्वयम्भू र बालाजुलगायतका क्षेत्रमा गुण्डागर्दी तथा जबरजस्ती रकम असुल्दै आएको उजुरीका आधारमा इचङ्गुनारायण वडा नम्बर ८ निवासी ४० वर्षका सुकबहादुर लामा भन्ने ‘कुख्यात गुण्डा’ रानीवनका बाघेलाई पक्राउ गरिएको हो, परिसरद्धारा शनिबार जारी गरिएको विज्ञप्तिमा रहेको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.