रेजीनाले कस्ने भइन लगनगाँठो

नायिका रेजिना उप्रेतीले आउँदो फागुन १० गते लगनगाँठो कस्ने भएकी छन । केही समयदेखि प्रेम सम्बन्धमा रहेकी रेजिनाको प्रेम अनन्त बैवाहिक बन्धनमा गासिने भएको हो । उनले धादिङ्का सुरज पोख्रेलसँग विहे गर्न लागेकी हुन् । उनका प्रेमी सुरज हाल लण्डनमा बस्दै आएका छन् ।
बिहेमा चलचित्र क्षेत्रका चर्चित हस्तीहरुको साथमा रंग पत्रकारहरुलाई निमन्त्रणा गरिएको छ । रेजिनाले सुरजसँगको प्रेमलाई मिडियामा खुलेर प्रष्ट पारेकी थिइनन् । प्रेमी सुरज र रेजिनाको घर धादिङमा हो ।
चलचित्र ‘बरदान’को विशेष शो भन्दै रेजिना सुरजको सहयोगमा लण्डन पनि पुगेकी थिइन् । अहिले दुबै जना नेपाल आएका छन् । बिहे भएको १५ दिनपछि रेजिना लण्डन फर्केनेछिन् । उनले फिल्म क्षेत्र छोडेर ब्यूटीपार्लरलाई नै पेशाको रुपमा अपनाउने बुझिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.